पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक सम्पन्न

जनकपुरधाम
पुस १९ गते ।

पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक सम्पन्न भएको छ । यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्था द्धारा संचालित “पहुँच”– विद्यालयहरूमा सामुदायिक संलग्नता र सिकाइ निर्माण परियोजना अन्तर्गत सो बैठक सम्पन्न भएको हो ।

उक्त परियोजना अन्तर्गत बटेश्वर गाउँ पालिका वडा नं. ४ स्थित जनजाती राष्ट्रिय आधारभुत बिद्यालयमा बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु बिच बिद्यालयमा गुणस्तरीय पठन पाठन र वालवालिकाहरु बिद्यालयमा नियमित रुपमा आउने वातावरण सृजन गर्न बिद्यालय र समुदाय बिच समन्वय र सहकार्यका लागि बैठकमा जोड दिएको थियो । बैठकमा बिद्यालय सुधार योजना तथा सरसफाई, खानेपानी, पठन पाठन, गृहकार्य जस्ता बिषय बस्तुहरुमा आधारित रही बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु बिच छलफल भएको थियो ।

पहुँच परियोजना अन्तर्गत बटेश्वर गाउँपालिकाको १० वटा बिद्यालयहरुमा बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक हाल सम्म सम्पन्न गरिएको आँगन संस्थाका अध्यक्ष मिथलेश साहले जानकारी दिन्ुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *